रौतहटमा सोमबार देखिएका २६ संक्रमितहरु भारतबाट आएका थिए

पर्सा-रौतहटमा सोमबार देखिएका सबै २६ कोरोना सन्क्रमित हरु भारतबाट आएको खुलेको छ। जिल्लामा सोमबार देखिएका संक्रमितहरु भारतको दिल्ली र मुम्बईबाट आएको खुलेको हो।

जिल्लामा देखिएका २६ जना सन्क्रमित मध्ये राजपुर नगरपालिकाको वडा नम्बर २,६ र ८ मा सोमबार २५ जना कोरोना सन्क्रमितहरु भेटिएका छन्। उनीहरु भारतबाट गत जेठ १ र २ गते आएको राजपुर नगरपालिकाका स्वास्थ सह सँयोजक खुर्सेद आलमले जानकारी दिए।

रोजगारीको सिलसिलामा भारतको दिल्ली र मुम्बई गएका उनिहरु लकडाउनकै बेलामा रौतहटको बन्जारा र लकमरी नाका बाट लुकि छिपी घर आएको आलमले बताए।

‘नगरपालिका भरिमा आज २५ जना कोरोना सन्क्रमितहरु भेटिएका छन,आलमले भने,उनीहरु सबै जना गत जेठ १ र २ गते भारतको दिल्ली र मुम्बईबाट आएका हुन।

’भारतबाट फर्किए लगत्तै उनीहरु सबैलाई सिधै नगरपालिकाको क्वारेन्टाइनमा ल्याएर राखिएको उनले बताए । नेपाल आएका सँक्रमितहरुको गत जेठ ६ गते स्वाब संकलन गरिएको आलमको भनाइ छ।

स्वास्थ मन्त्रालयले सोमबार बिहान जारी गरेको प्रेस बिज्ञप्तिमा रौटहटको इशनाथ नगरपालिका २ मा पनि एक जना कोरोना सन्क्रमित भेटिएको पुष्टि भएको छ। स्वास्थय मन्त्रलयका अनुसार सबै २६ जना संक्रमितहरु पुरुष नै हुन ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्