कोरोना नियन्त्रणका लागि स्वास्थ्य संस्थालाई झण्डै २४ लाख बराबरको सामग्री सहयोग

धनगढी – स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको केयर नेपालले सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई झण्डै २४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाईरसको नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई सहयोग पुर्‍याउने उदेश्यले सुदुरपश्चिम प्रदेशका स्वास्थ्य संस्थालाई २ सय थान पिपिई, ५ सय थान ग्लोब्स, ५ सय पिस सेनिटाईजर, २ सय पिस एन ९५ माक्स लगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जम्मा गरि २३ लाख ६७ हजार बराबरको स्वास्थ्य सामग्री सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रलाई हस्तान्तरण गरिएको केयरका प्रतिनिधि नरबहादुर बिश्वकर्माले जानकारी दिए ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्