हुम्लामा जन्म र मृत्यु संस्कारका लागि नि:शुल्क खाद्यान्‍न वितरण

सिमकोट-हिमाली जिल्ला हुम्लामा सरकारले सहयोग उपलब्ध गराउदै आएको जन्म मृत्यु संस्कारका लागि खाद्यान्न पाउनेमा ३ सय ३७ जना रहेका छन्।

खाद्यान्‍न समस्या हुने हुम्ला मानिसको जन्म र मृत्यु संस्कारमा सरकारले खाद्यान्न सहयोग गर्दै आएकोमा सो खाद्यान्न सम्बन्धित ब्यक्तिका परिवारले पाएका हुन।

साउनदेखि वैशाख मसान्तसम्म खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडबाट ३३७ जनाले बीस केजीका दर ६६ क्वीन्टल खाद्यन्न निशुल्क बितरण गरिएको हो। यसमा २४८ जना जन्म र ८९ जना मृत्यु भएका व्‍यक्तिहरुलाई खाद्यन्‍न वितरण गरिएको हो।

गत वर्षको तुलनामा यस बर्ष जन्म र मृत्युमा खाद्यन्‍न सहयोग पाउनेको संख्या बृद्धि भएको लिमिटेडका सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टले बताए। यो संख्या नाम्खा, सिमकोट र खार्पुनाथ रहे पनि जन्ममा भने जिल्ला भरिका बालबालिका रहदै आएका छन्।

सरकारले २०७४ सालबाट साबिकका कर्णाली अञ्चलका बासिन्दाहरुलाई जन्म र मृत्यु संस्कारमा बीस केजी खाद्यान्न सहयोग उपलब्ध हुदै आएको छ।

हुम्लामा साढे पाँच हजार क्‍विन्टल खाद्यान्‍न मौज्दात


खाद्य व्‍यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोदाममा जेठ ११ गतेसम्म पाँच हजार ६५१ क्वीन्टल चालीस केजी खाद्यन्न मौज्दात रहेको छ। लिमिटेडको प्रधान कार्यालयबाट अहिलेको मौज्दात खाद्यान्नबाटै आगामी दशै तिहारसम्म खाद्यान्न व्‍यवस्था गर्नु पर्ने परिपत्र आए पनि खाद्यान्न बितरणमा निक्कै मितब्यहिता गर्दा खाद्यान्न मौज्दात राम्रो देखिएको हो।

हाललाई खाद्यान्न मौज्दातको अबस्था राम्रो रहेको लिमिटेडको हुम्ला शाखा प्रैमुख राम बहादुर बिष्टले बताए। तर खाद्यान्न समस्या हुने महिना बाँकी नै रहेको कारण अहिलेका खाद्यान्न प्रयाप्त हुने देखिएको छैन।केही दिन अगाडी बसेको जिल्ला खाद्य ब्यबस्था समितिको बैठकले अपुग खाद्यान्न माग गर्ने निर्णय गरेर केन्द्रमा पठाई सकेको प्रमुख बिष्टले बताए।

हुम्लाका लागि ३० हजार क्विन्टल वार्षिक रुपमा आबश्यक पर्ने समितिको ठहर छ।तर, प्रधान कार्यालयबाट १७ देखि १९ हजार क्वीन्टल खाद्यान्न मात्र जिल्लामा आउने गरेको छ। बन्दाबन्दीका बेलामा पनि सरकारले हुम्लाबासीको मागलाई मध्यनजर राखि चार हजार क्वीन्टल खाद्यान्न हवाई मार्गबाट पठाएको थियो।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू