कोरोना जितेर १ सय १२ जना डिस्चार्ज, चार जनाको मृत्यु

काठमाडौँ – नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोना जितेर अस्पतालबाट घर फर्केका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै १६ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएका स्वासथ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । अछाम, बदिर्या, र पर्साका गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामको मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी अहिले अछाम अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका २२ र २४ र १८ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साको जिराभवानीकाका १८ वर्षीया पुरुष र काठमाडौँ घर भई हाल कलैया बारामा बस्ने २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।

नेपालमा चारजना संक्रमितको भने निधन भएको छ ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्