अब देशभरका २० प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण हुने

फाइल तस्बिर

काठमाडौं-स्वास्थ्य मन्त्रालयले अब देशभरका २० प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण हुने जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.विकास देवकोटाले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आजबाट पीसीआर विधिबाट परीक्षण सुरु भएको जानकारी दिए।

यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा परीक्षण भएको जानकारी दिएको छ।

डा. देवकोटाका अनुसार हालसम्म पीसीआरबाट कुल ५१ हजार ६ सय ४२ र आरडीटीबाट ९५ हजार १ सय ९२ वटा परीक्षण भएको जानकारी दिए।
डा.देवकोटाका अनुसार हाल देशभर ४६ हजार २९ जना क्वारेन्टिनमा रहेका छन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू