सप्तरी र बाँकेसहित चार जिल्लाका सिडिओ फेरिए

काठमाडौं –  गृह मन्त्रालयले बुधबार ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ। ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी-सिडिओ फेरिएका छन्। सप्तरीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ।

उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशारन प्रमुखको जिम्मेवारी दिइएको छ।

बाँकेका प्रमुख कुमारबहादुर खड्कालाई गृह मन्त्रालय, सिंहदरबारमा तानेर त्यहाँ उपसचिव रामबहादुर कुरुम्वाङलाई पठाइएको छ। खड्का सहसचिव हुन्। कुरुम्वाङले कायम मुकायम प्रमुखको जिम्मेवारी सम्हालेन्छन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्