स्वास्थ्यकर्मीलाई दिइएको रकम अपुग भएको भन्‍दै होटल एशोसिएशनद्वारा बढाउन माग

काठमाडौ-  होटल एसोसिएसन नेपाल (हान) ले स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्‍न सरकारले उपलब्ध गराएको दैनिक २ हजार रुपैयाँ अपुग हुने गुनासो गरेका छन्।

हानले उक्त शुल्क स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राख्‍न प्रयाप्त नभएके भन्दै नेपाल पर्यटन बोर्डमार्फत मन्त्रालयमा प्रस्ताव पेश गरेको हो।

होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले क्वारेन्टाइनमा राख्ने स्वास्थ्यकर्मीका लागि ३ हजार देखि १६ हजार खर्च लाग्ने भएकाले उक्त प्रस्ताव पर्यटन बोर्डमार्फत मन्त्रालयमा पेश गरेको जानकारी दिइन्। उनले भनिन्, ‘सराकरको कुरालाई हामीले सम्मान गरेका छौ। तर भने जस्तो काम गर्न सजिलो छैन। धेरै कुरामा ख्याल गरेर काम गर्नु पर्ने हुन्छ।’

उनले आफूहरुले विभिन्न होटल व्यवसायीहरुसँग समन्वय गरिरहेको र विश्व स्वास्थ्य संगठन (डब्लुएचओको) को मापदण्ड अनुसार काम गर्नु पर्ने भएकाले अध्ययन गरिरहेको बताइन्।

सरकारले स्वास्थ्यकर्मीलाई क्वारेन्टिन राख्न प्रतिव्यक्ति दैनिक २ हजार रुपैयाँ दिने भने पनि शुल्क प्रयाप्त नभएको उनको भनाइ छ। ‘हामीलाई पनि यस संकटमा सहयोग गर्ने मन छ। ‘हाम्रो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा दिने हो। तर दुई हजारले पुग्दैन। कर्मचारीहरु पनि यस्तो अवस्थामा आउन मान्दैनन्। उनीहरुको पनि सुरक्षाको कुरा छ’ उनले भनिन्।

हानले स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने नभएर उनीहरुलाई पौष्टिकउुक्त दैनिक ४ छाक खान दिनुपर्ने बताइन्। ‘यस्तो अवस्थामा सरकारले दुई हजार दिने निर्णय गर्नु कतिको सान्दर्भिक हो’ उनले भनिन् ‘अहिले शरीरलाई कोरोना भाइरससँग लड्न सक्ने बनाउन जरुरी छ।’

उनीहरुलाइ पौष्टिकतत्वयुक्त खाना खुवाउनुपर्ने भएकाले उक्त खर्च लाग्ने प्रस्ताव गरिएको उनले बताइन्। यस्तै हानका महासचिव साजन शाक्यले हानमा विभिन्न तारे होटलहरु आबद्ध भए पनि कति होटलहरुले तारे होटलको मान्यता नलिएको अवस्थामा त्यस्ता होटलहरुको नाम आफूहरुले पर्यटन बोर्डमा पठाएको बताए।

‘कतिपय होटलहरु तारे सरह भए पनि तारेको मान्यता लिएका छैनन्’ उनले भने ‘ती होटलको आधारमा हामीले विभिन्‍न ठाउँमा गरी दुई सय रुम हुने गरी होटलका नाम पठाए थियौँ।’

यस्तै उनले विदेशबाट आउने नागरिकको हकमा छुट्टै मापदण्ड अनुसार शुल्क उनीहरुले तिर्नु पर्ने बताए। हानमा देशभरका ३३ सय सदस्य होटलमा हाल ५० हजार बेडको संख्या रहेको उनले बताए। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरिरहेको छ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्