काठमाडौं उपत्यकामा कोरोना संक्रमित : २१ जना उपचाररत, १५ जना डिस्चार्ज

काठमाडौं –  काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टी ३६ मध्ये १५ जना निको भएर घर फर्किएका छन्।

महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले उपत्यकामा कोरोना संक्रमण पुष्टी भएकामध्ये २१ जना विभिन्न अस्पतालमा आईसोलेसनमा रहेर उपचार भइरहेको जानकारी दिए। डीस्चार्ज भएकामध्ये काठमाडौंका १३ र भक्तपुरका दुई जना छन्।

डीआईजी पोखरेलका अनुसार उपचार भइरहेका संक्रमितमा १८ पुरुष, दुई महिला र एक बालिका छन्। संक्रमितमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा ५ , बलम्बुस्थित एपीएफ अस्पतालमा ५, महाराजगन्जस्थित टिचिङ अस्पतालमा एक बालिका र एक महिलाको उपचार भइरहेको छ।

यस्तै पाटन अस्पतालमा ८ पुरुष र एक महिलाको उपचार भइरहेको पोखरेलले जानकारी दिए।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्