प्रधानमन्त्री ओलीले भने – कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन रहेको बताएका छन्।

सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त पनि गरिरहेका छन्।

लामो समय संक्रमितको संख्या नबढेपनि पछिल्लो समय ह्वात्तै बढिरहेको भन्दै उनले भने- कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन छ।

रोग र भोक दुवैले आफ्ना नागरिक अप्ठेरोमा पर्न नदिन सरकार प्रयत्नसिल रहेको उनले बताएका छन्।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्