भारतबाट नेपाली लुकेर भित्रँदा कोरोना महामारी फैलियो – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको परिक्षणपछि मात्र नेपालीलाई स्वदेश भित्राउन नसक्नुमा ठुलो गल्ती भएको बताएका छन्।

भारतसँगको खुला सिमाका कारण थुप्रै नेपालीहरु नियम नमानी भित्रँदा कोरोना महामारी फैलिएको प्रधानमन्त्री ओलीको भनाई छ।

देशबासीका नाममा सोमबार साँझ सम्बोधन गर्दै उनले भने- विश्व स्वास्थ्य संगठन-डब्लूएचओको मापदण्डअनुसार हरेक नागरिकलाई अनिवार्य परिक्षण गरेर मात्र भित्र्याउनु पर्थ्यो। तर खुला सिमाका कारण भारतबाट धेरै नेपाली अनेक दुखकष्ट सहेर नियम नमानी फर्कनु भयो। यसले कोरोना महामारी फैलन ठुलो भुमिका खेल्यो।

प्रधानमन्त्री ओलीले विदेशमा अलपत्र परिरहेका नेपालीलाई समयमै स्वदेश फर्काइने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्