कोरोना भाइरस संक्रमणबाट भएको निधनबारे प्रधानमन्त्रीलाई अपडेट भएन

काठमाडौँ– मुलुकमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको ज्यान गइसकेको छ। त्यो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक घण्टा अघि सार्वजनिक गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले भने मुलुकमा उक्त भाइरसको संक्रमणका कारण तीन जनाको मृत्यु भएको बताएका छन्।

सोमबार साँझ साढे पाँच बजे देशबासीका नाममा उनले संवोधन गर्ने क्रममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अध्यावधिक नगरी संवोधन गरेका हुन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्