कोरोनाबाट जोगिन कोकाकोला र क्रियशनको पहलमा राहत तथा सुरक्षित सामाग्री

काठमाडौ-नेपालमा कोकाकोलासँगै क्रियशनले वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लूडब्लूईआरपी) लाई राहत तथा सुरक्षित सामाग्री वितरणका लागि संयुक्त पहलको घोषणा गरेको छ।

आइतबार कम्पनीले वेस्ट वर्करहरु र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको जोखिमबाट बचाउन सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्ने पहलको घोषण गरेको हो।

उक्त परियोजना कोकाकोलाको कोभिड-१९ बिरूद्ध लड्न ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा हो।पहिलो कार्यक्रम १५ मेई मा काठमाडौंको बुढानिलकण्ठस्थीत वुमन फर ह्युमन राइटमा आयोजना गरिएको थियो जहाँ १५० वेस्ट वर्करहरुलाई सुरक्षा सम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको कमपनीले जनाएको छ।

हालसम्म ४ राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन्। यस्तै मेई २५ तारिखको राहत कार्यक्रममा १०० जना अग्रपङ्गतीमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक जम्पसुटहरू र सुरक्षा सामग्रीहरू प्रदान गरिनेछ र यस कार्यक्रममा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको पनि उपस्थीति रहने कमपनीले जनाएको छ।

यसको उद्देश्य संकटको वर्तमान अवस्थामा ३२०० वेस्ट वर्करहरु र उनीहरुका परिवारहरुसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने तथा २५०० भन्दा बढि वेस्ट वर्करहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ।

उक्त परियोजना काठमाडौं, किर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिनेछ ।
क्रियशनका स्थापक तथा अध्यक्ष आनन्द मिश्राले कोका—कोला फाउण्डेशनको सहयोगमा यस पहलमार्फत वेस्ट वर्करहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध रहेको बताए।

वुमन फर ह्युमन राइटकी स्थापक लिली थापाले वेस्ट वर्करहरु पनि अन्य व्यवसायहरु जत्तिकै अग्रपङ्गतीमा रहेका र व्यक्तिगत स्तरबाट हामी कम्तिमा आफ्नो घरको फोहोर फाल्नुअघि बेग्ला—बेग्लै छुटाइ दिनुपर्ने बताइन्।

यस्तै कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोभिड—१९ महामारीले हामी सम्पूणका लागि निकै चुनौतिपूर्ण समय निम्त्याएको र हामी सबै यो मुस्किल परिस्थीतिको सामना गरिरहेको बेला अग्रपङ्गतीमा काम गरिरहेका तथा महामारीका कारण जोखिममा रहेका वेस्ट वर्कर समुदायलाई यो निकै ग्राहो भएको बताए।

उनले हाम्रो निष्कपट सहयोगमार्फत हामी उनीहरुले कोरोना भाइरसको नकारात्मक परिणामहरु भेग्नु नपरोस् भनेर सुरक्षा र उनीहरुको जीवीकोपार्जनको रक्षा गर्न प्रयासरत रहेको बताए।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्