नारायणी अस्पतालमा उपचाररत सबै सन्क्रमित निको भएर घर फर्किए

पर्सा-कोरोना सन्क्रमित भइ नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइ रहेका ४३ जना निको भएर डिस्चार्ज भएका छन्।

सोमबार साझ अस्पतालमा उपचार गराइ रहेका थप ४३ जनालाइ डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए।संक्रमित भएर उपचार गराइ रहेका उनीहरुको लागतार दोस्रोपटक नेगेटिभ रिपोर्ट आएपछी डिस्चार्ज गरिएको उपाध्यायले बताए ।सोमबार साझ निको भएर डिस्चार्ज हुनेमा बिरगंजका दुई जना पत्रकार पनि रहेका छन्।

आज डिस्चार्ज हुनेमा पर्साको वीरगन्ज महानगरपालिकाका सबैभन्दा २८ जना रहेका छन् ।यस्तै जिल्लाको छिपहरमाइ गाँउपालिकाका ७ जना , धोबीनी गाँउपालिकाका ६ र सर्लाही जिल्ला निवासी एक जना छन्।

सोमबार कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा एक जना भारतीय नागरिक पनि रहेका छन् । सोमबार ४३ जना सन्क्रमित निको भएर डिस्चार्ज भएसङै नारायणी अस्पतालमा उपचार गराइ रहेका सबै सन्क्रमित हरु निको भएर डिस्चार्ज भएका छन्।

यसअघि आइतबार राती १८ जना र शनिबार ९ जना निको भएर डिस्चार्ज भएका थिए। नारायणी अस्पतालको आइशोलेशनमा रहेका सबै संक्रमीत निको भइ घर फर्किएपछि आज देखि नारायणी अस्पताल कोरोना संक्रमीतबाट मुक्त पनि भएको छ।

अब नारायणी अस्पतालकै कोभिड बिशेष अस्पतालको रूपमा रहेको गण्डक अस्पतालमा हाल २८ जना संक्रमीत उपचार गराइ रहेका छन् ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्