अर्घाखाँचीमा पनि देखियो दुईजनामा कोरोना संक्रमण

बुटवल-अर्घाखाँची जिल्लाका दुई जनामा कोरोना संक्रमण देखिएको छ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा कोरोना देखिएकाे हाे । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा अहिलेसम्म कोरोना संक्रमण देखिएको थिएन।
संक्रमित दुईजना नै भारतबाट आएका थिए । पाणिनी गाउँपालिकाको पालीमा रहेको क्वारेन्टाईनमा रहेका दुई जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए।
उनीहरू पालीको कमला माविमा रहेको क्वारेन्टाईनका बसेका थिए।प्रदेश ५ का तराईका सबै ६ वटा जिल्लामा संक्रमण देखिएपनि पहाडी जिल्लामा संक्रमण देखिएको थिएन । गुल्मीमा पनि यसअघि नै संक्रमण देखिएको थियो।
गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा रूपन्देहीमा मृत्यु भएको थियो । जनस्वास्थ्य प्रयोगशालाका अनुसार गुल्मीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।