फ्रेन्च लिग वान पूरा नभई अन्त्य गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई पत्र

फ्रेन्च लिग वान फुटबल क्लब लियोनका अध्यक्षले कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

महामारीका कारण रोकिएका खेलहरु पुनः गर्ने सक्ने अवस्था नरहेको फ्रान्स सरकारले बताएपछि लिग वान र लिग टू का बाँकी खेलहरु पूरा नगरी अप्रिल २८ मा सिजन टुंगिएको घोषणा भएको थियो ।

तर लियोनका अध्यक्ष जोन–मिशेल उलासले प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेखेर निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । लिगका खेलहरु पूरा नहुँदा फ्रान्सेली फुटबलले ठूलो आर्थिक तथा सामाजिक संकटको सामना गर्नु पर्ने पत्रमा उल्लेख छ ।

सिजन अन्त्यको घोषणा हुँदा लियोन सातौँ स्थानमा थियो, सोही कारण उ युरोपियन क्वालिफिकेशनमा पर्न सकेन ।

युरोपका शीर्ष पाँच लिग मध्ये लिग वान मात्रै त्यस्तो लिग हो, जसले यो सिजनका खेल पूरा नगरी अन्त्यको घोषणा गरेको छ ।

इटालियन सिरी ए, स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग सुरु हुने तयारीमा छन् । जर्मन बुण्डेस लिगा भने सुरु भइसकेको छ ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्