स्पेनले विदेशबाट आउनेलाई अनिवार्य दुई हप्ते क्वारेन्टिन हटाउने

स्पेनले विदेशबाट आउनेहरु अनिवार्य रुपमा दुई हप्ते क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाउने भएको छ। सो नियम आउँदो जुलाई १ देखि सक्रिय नरहने स्पेन सरकारले घोषणा गरेको हो ।

हालसम्म अरु कुनै पनि देशबाट स्पेन जाने जो कोही पनि दुई हप्ता क्वारेन्टिनमा बस्नु पर्छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा आउँदो जुलाई १ देखि क्वारेन्टिनको नियम लागु नगर्ने सम्बन्धी निर्णय भएको हो ।

यसअघि विदेशमन्त्री आरान्चा गोन्जालेज लायाले क्वारेन्टिनको नियम जुलाईमा हटाइने बताएकी थिएन्, तर उनले मिती भने तोकेकी थिइनन् ।

स्पेनमा वार्षिक रुपमा ८ करोड विदेशी पर्यटक जान्छन् । स्पेनको अर्थतन्त्रमा पर्यटनको हिस्सा १२ प्रतिशत भन्दा बढी रहेको छ ।

स्पेन सरकारले क्वारेन्टिनको नियम हटाउने घोषणा गरेपछि विभिन्न एयरलाइन्सहरुले उडान सुरु गर्ने तयारी पनि गरेका छन् ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू