करण जोहर दुई हप्ते आइसोलेशनमा, घरमा काम गर्ने दुईजनामा देखियो संक्रमण

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर दुई हप्ते आइसोलेशनमा गएका छन् । घरमा काम गर्ने दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोहर पनि दुई हप्ते आइसोलेशनमा गएका हुन् ।

ट्वीटरमा बयान जारी गरे उनले संक्रमण पुष्टि भएका दुवै कामदारलाई सोही घरको एक भागमा क्वारेन्टिनमा राखिएको समेत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘परिवारका सबै सदस्य र अरु सहयोगीहरुको पनि परीक्षण गरिएको छ । रिपोर्ट नेगेटिभ आयो । तर वरपरका मानिसको सुरक्षाका लागि अबको १४ दिन हामी आइसोलेशनमा रहने छौँ ।’

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्