चौरजहारी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, सुरक्षाकर्मीहरु पीपीईमा (तस्बिरहरु)

काठमाडौँ – रुकुमको चौरजहारीमा दलित युवाको हत्या भएको घटनाको विरोधमा काठमाडौँ प्रदर्शन भएको छ । दलित युवा–विद्यार्थीहरुले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनका क्रममा भीडलाई नियन्त्रणमा लिन र सामाजिक दुरीको पालना गराउन पीपीई लगाएर सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन्।

दलित विद्यार्थी संघको अगुवाईमा दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शन भएको हो । राजनीतिक आडमा दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएका छन् ।

गएको शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवालाई साथ रुकुमको चौरजहारी पुगेका थिए ।

तर गाँउ पुगे लगत्तै उनीहरुलाई केटीका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेपछि नवराजसहित तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् ।

जेठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्