सिजनमा चहल पहल बढ्नु पर्ने होटेलहरु लकडाउनले सुनसान

सिमकोट-पर्यटकीय सिजन सुरु भएसँगै चहलपहल सुरु हुनु पर्ने हुम्लाका होटेलहरु लकडाउकान कारण यतिबेला सुनसान भएका छन्।

कोरोना कहरले बन्दाबन्दी सुरु भएपछि मानसरोवर कैशालका लागि भातीय धार्मिक यात्रु नआउने भएको कारण यी होटेलहरुमा सुनसान छाएको हो।

गत बर्ष जेठ चार गतेबाट पर्यटकहरु मानसरोवर कैलाशका लागि जिल्लामा आउन सुरु भएपछि होटेलमा पर्यटकहरु निक्कै भिडभाड सुरु भएको बताउदै मानसरोवर होटेलका संञ्चालन टेक बहादुर रावतले अहिले बन्दा गरेर बस्नु परि रहेको बताए।

ठिक एक बर्ष अगाडी उनले होटेललाई पर्यटक राख्न खाना, बस्नको ब्यबस्था गर्न, सामाग्री जुटाउन र भरिया खोज्न भ्याई नभ्याई भएको स्मरण गर्दै अहिले होटेल बन्द गरेर बस्नुको पिडा सुनाए । कल्पना पनि नगरेको कुरा अहिले भोग्नु परि रहेको बताउदै रावतले हुम्लाको होटेल क्षेत्र ओरालो लाग्ने दिन सुरु भएको बताए।

होटेल मानसरोवर मात्र होईन हुम्लामा पर्यटकीय होटेलहरु सिमकोटमा मात्र एक दर्जन भन्दा बढी सञ्चालनमा छन् । ती होटेल सबै अबस्था उस्तै रहेको बताउदै उद्योग बाणिज्य संघका रबिन कुमार बस्नेतले कोरोना बहरले सबै क्षेत्र प्रभाबित भएको भएपनि होटेल व्‍यवसायीयले लाखौं रुपियाँ ऋण काढेर होटेल संञ्चालन गर्नु परेको पिडा रहेको बताए।

वर्ष भरिको कमाई यही सिजनबाट हुने बताउदै ब्यबसायले यस बर्ष त्यो पनि बाटो बन्द भएको गुनासो गरेका छन्। हुम्लामा पर्यटकीय होटेलहरु, होटेल बिजय, सनभ्याली, कैलाश, रलिङ, तिब्बेतियन, हिमालयन, हुम्ला रिसोर्ट एण्ड स्पा, सिमकोट इन, पोटला, एलिस लगाएतका रहेका छन्।

गत बर्ष सात हजार ७६१ जना भारतीय नागरिकले मात्र मानसरोवर कैलाशको यात्रा गरेका थिए भने अघिल्ला दुई बर्षमा क्रमश त्यो संख्या दश हजार आठ सय र बाह्र हजार ५५५ थियो । यसबाट हुम्लाका एउटा होटेलहरुले मात्र तीन करोडसम्म कमाई गरेको थियो । तर यस बर्ष झिगां धपाउनुको होटेल ब्यबसायीसंग बिकल्प देखिएको छैन।

पाँच करोड भन्दा बढीको आर्थिक क्षेती होटेलले मात्र ब्यहोर्नु पर्नेछ । २०७२ साल बैशाख १२ गतेको महाभुकम्प पछि यसले मौलाउने अबसर प्राप्त गरेको थियो। त्यो पनि भारतीय धार्मिक पर्यटकहरुको मानसरोवर कैलाशको तिर्थपाटन गर्ने अबस्था सृजना हुँदा बास्तबमै हुम्लाको पर्यटन क्षेत्रको बिकास संभब भएको थियो तर अहिलको कोरोना कहरले त्यसलाई ठेस लागेको होटेल ब्यबसायीको दुखेसो छ ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू