पञ्चायतीको नाममा महानगरमा समाजिक दूरीको धज्जिया उडाइयो

पर्सा- विश्‍वभरी फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि अहिले फैलिइ सकेको अवस्था छ ।कोरोना भाईरसकै कारणले अहिले नेपालमा पनि चार जना ब्यक्तिहरुले आफनो ज्यान समेत गुमाई सकेका छन्।

कोरोना भाईरसको संक्रमणलाई रोक्न तथा त्यसलाई थप फैलनबाट रोक्नको लागि सरकारले लकडाउनदेखि नियोधाज्ञा सामाजिक दूरी कायम गर्ने जस्ता बिभिन्न उपायहरु अपनाइ रहेको छ।कोरोनाको संक्रमण थप फैलिनबाट रोक्न सरकारले देशैभरि गत चैत ११ गतेदेखि नै लकडाउनको घोषणा गरेको छ।

लकडाउनको अवधिमा सरकारले अति आवशयक कामबाहेक घर बाहिर ननिस्कन भनेको छ ।अति आवशयक कामको लागि घर बाहिर निस्किनै परे सामाजिक दूरी कायम गर्न पनि सरकारले जनताहरुलाई भन्दै आएको छ।

कोरोना भाईरसको औषधि हालसम्म पनि पता लाग्न नसकेको खण्डमा यसबाट बच्न र यसलाई थप फैलिनबाट रोक्न एउटै उपाय सामाजिक दूरी कायम गर्नु हो ।तर, अहिले पनि मानिसहरुले बिभिन्न बहानामा सामाजिक दूरी कायम नगरि यसको धज्जिया उडाउदै आएका छन ।यस्तै अवस्था मँगलबार बिहान बिरगञ्ज महानगरपालिकामा समेत देखियो।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा टोलमा पञ्चायती अर्थात दुई पक्षबिचको छलफलको क्रममा समाजिक दूरीको धज्जिया उडेको छ।लालपर्सा टोलस्थित धर्मशालामा भएको पञ्चायतीमा एकै पटक सयौको सँख्यामा मानिसहरु जम्मा भएर छलफल गरि सामजिक दूरीको धज्जिया उडाएका हुन।

लकडाउनकै बेलामा यसरी पञ्चायती गर्ने बेलामा एकै ठाउँमा सयौको सँख्यमा स्थानीयबासी,जनप्रतिनिधीहरु पनि सहभागी भएका थिए। सोमबार राति बिरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा टोलबाट मोटरसाईकलमा चढेर गईरहेका एक दम्पतिलाई वडा नम्बर ३० लालपर्सा टोलस्थित बाटोमा दुईजना युवकले मोटरसाईकल रोकेर उनीहरुको सामान खोसेको घटनालाई लिएर मँगलबार बिहानै पञ्चायती अर्थात छलफल भएको थियो।

लालपर्सा टोलकै धर्मशालामा भएको छलफलमा पिडीत दम्पतिको घर बेल्वा टोलका दर्जन भन्दा बढी मानिसहरु पञ्चायती गर्न लालपर्सा आएका थिए ।यस्तै वडा नम्बर ३० का जनप्रतिनिधी र स्थानीयबासीहरु पनि सो पञ्चायतीमा पुगेका थिए ।यसरी पञ्चायतीमा सयौको सँख्यामा एकै ठाउँमा जम्मा भएका मानिसहरुले घटनाको बारेमा एउटै ठाउँमा सामाजिक दूरी समेत कायम नगरि छलफल गरेका थिए।

कोरोना भाईरसको संक्रमण फैलिदै गएको अवस्थामा भएको छलफलमा सहभागी भएकाहरुले सामाजिक दूरीको त धज्जिया उडाएका थिए।उनीहरु मध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन।यसरी पञ्चायतीका नाममा महानगरकै जनता र जनप्रतिनिधीहरुले समाजिक दूरी कायम नगरी पञ्चायती गर्दा कोरोनाको जोखिम बढेको स्थानीयबासीहरुको भनाई छ।

छलफलको क्रममा एकै पटक एउटै ठाउँमा सामाजिक दूरी कायम नगरि छलफल गरिएको तथा त्यस्तो गर्नु अहिलेको अवस्थामा राम्रो नभएको वडा नम्बर ३० लालपर्सा टोलका स्थानीय हरेराम गुप्ताले बताए ।उनले छलफल गर्नु नै परे पिडीत र पिडक पक्ष तथा ४÷५ जना मान्छेहरु बसी सामाजिक दूरी कायम गरेर गर्न सकिने भएपनि त्यसो नगरि एकै पटक बढी मानिसहरु भेला भएर छलफल गरेको बताए।

अहिलेको अवस्थामा एउटा घटनाको बारेमा गाउँमै धेरै सँख्याका मानिसहरु समाजिक दूरी कायम नगरि एउटै स्थानमा जम्मा भएर छलफल गरिएको थियो,गुप्ताले भने,अहिलेको परिस्थितीमा पिडीत र पिडक पक्ष तथा २÷४ जना मानिसहरु बसेर समाजिक दूरी कायम गरेर पनि छलफल गर्न सकिन्थ्यो नि।’

छलफलमा सहभागी भएकाहरु सबैजना बुझने नै भएकाले हामीहरु आफैले अहिले समाजिक दूरी कायम गर्न सिक्नु पर्ने जरुरी रहेको गुप्ताको भनाइ थियो।

जेठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्