कर्णाली प्रदेशलाई पीसीआर मेसिन किन्‍न नबिल बैंकले दियो २८ लाख सहयोग

काठमाडौँ-नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई पिसिआर पेसिनका लागि आर्थिक सहयोग गरेको छ।

नेपालमा तिव्रगतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणल रोकथाम तथा नियन्त्रणका लागि पीसीआर मेसिन खरिद गर्न २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो।

बैकले संस्थागत उत्तरदायित्व अन्तर्गत कर्णाली सुर्खेस्थित विरेन्द्रनगरमा रहेको अस्पतालका निम्ति बैंकले उक्त सहयोग गरेको जनाएको छ।

उक्त मेसिनबाट नमुना छिटो संकलन, उच्च परिमाणमा परिक्षण गर्न सहयोग पुग्र्ने, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्