भारतबाट आएकालाई वडाको क्वारेन्टाइनमा बस्‍न नदिन स्थानीयद्वारा ढुंगामुढा

जनकपुरधाम-भारतको विभिन्‍न ठाउँबाट आएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेको भन्दै धनुषामा स्थानियहरुले विवाद गरेका छन्।

भारतबाट आएर आफ्नो वडाको क्वरेन्टाइनमा बसेको भन्दै कमला नगरपालिका वडा नं. ९ दुवरकोट हतलेटवामा रहेको क्वारेन्टाइनमा मंगलबार स्थानीयले ढुंगामुढा गरेका छन्।

सो वडाका वडाध्यक्ष र त्यहाँका स्थानियहरुले आफ्नो वडामा रहेको क्वारेन्टाइनमा अन्य ठाउँका व्यक्तिलाई बस्न नदिने भन्दै विवाद गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

उनले भने, ‘वडाध्यक्ष र त्यहाँका स्थानियहरुले आफ्नो वडामा अन्यलाई बस्न नदिने भन्दै लठी, भाटा सहित पुगेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई पठाएपछि विवाद साम्य भयो।’

प्रमुख जिल्ला अधिकारीका अनुसार पछि गएर नगरप्रमुख सँग सहमती भएर विवाद समाधान भएको हो ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्