हावाहुरी चल्दा रूखले थिचेर महिला र बालकको मृत्यु

फाइल फोटो

हेटौडा-मंगलबार साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गरे।

उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहेका छन्।

मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिए।

त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घाइते भएको उनले बताए।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू