क्राइम पेट्रोलकी कलाकार प्रेक्षाद्वारा आत्महत्या

नयाँ दिल्ली – चर्चित भारतीय टेलिभिजन कार्यक्रम क्राइम पेट्रोलकी कलाकार प्रेक्षा मेहताले आत्महत्या गरेकी छिन्। २५ वर्षीया प्रेक्षा आफ्नै घरमा मंगलबार झुन्डिएको अवस्थामा भेटिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रेक्षालाई अस्पताल पुर्‍याइएपनि तत्कालै मृत घोषणा गरिएको थियो। प्रेक्षाले सुसाइड नोट लेखेपनि आत्महत्याको कारण भने उल्लेख गरेकी छैनन्। उनले मेरी दुर्गा, लाल इस्कलगायत कार्यक्रममा पनि अभिनय गरेकी छिन्।

आत्महत्या गर्नुअघि प्रेक्षाले इन्स्टाग्राममा लेखेकी छिन्- सपना मर्दा सबैभन्दा बढी दुख लाग्छ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू