ट्रम्पका भ्रामक र गलत आरोपसहितका ट्वीटमा राख्न थाल्यो ट्वीटरले ‘फ्याक्ट–चेक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको सबैभन्दा प्रिय माध्यम ट्वीटरबाट तथ्य–जाँचको चुनौति सामना गर्नु पर्ने नयाँ चुनौति थपिएको छ ।
ट्रम्पले लगातार ट्वीटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् ।
अब भने ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा सो विषयको तथ्य–जाँच पनि राख्ने भएको हो । सो लथ्य–जाँचमा ट्रम्पले दाबी गरे अनुसार सम्बन्धित विषयको वास्तविकता प्रस्ततु गर्छ ।
ट्रम्पले नेपाल समय अनुसार मंगलबार बेलुका गरेको ट्वीटमा पहिलो पटक ट्वीटरले तथ्य–जाँच प्रस्तुत गरेको हो ।
There is NO WAY (ZERO!) that Mail-In Ballots will be anything less than substantially fraudulent. Mail boxes will be robbed, ballots will be forged & even illegally printed out & fraudulently signed. The Governor of California is sending Ballots to millions of people, anyone…..
— Donald J. Trump (@realDonaldTrump) May 26, 2020
ट्रम्पले ‘मेल–इन ब्यालट’ अर्थात हुलाक मार्फत हुने चुनावमा धाँधली बाहेक अरु केही नहुने भन्दै ट्वीट गरेका थिए । ट्वीटरले त्यसको तल हुलाकबाट हुने मतदान सम्बन्धी तथ्य पेश गरेको हो । जसमा हुलाकबाट हुने मतदान पारदर्शी हुने र ट्रम्पको आरोप झुट रहेको उल्लेख छ ।
ट्वीटरले तथ्य–जाँचलाई चेतावनीको संकेत दिएर राख्छ र त्यसमा क्लिक गरेपछि तथ्या जाँच हेर्न पाइने छ ।
ट्वीटको ठीक तल आश्चर्यवाचक चिन्ह सहित तथ्य–जाँच राखिएको हुन्छ ।
ट्रम्पले लगातार गलत र भ्रामक जानकारी पोस्ट गर्ने गरेकाले सामाजिक सञ्जाल ट्वीटरले सावधानीको संकेत दिन थालेको हो ।
ट्रम्पले मंगलबार बेलुका गरेको ट्वीटमा मतदान प्रक्रियाबाट भ्रामक जानकारी रहेको ट्वीटरले बताएको छ ।
यो महिनाको सुरुमा ट्वीटरले यस्तो चेतावनी नोटिफिकेशन सम्बन्धी नयाँ फिचरबारे जानकारी गराएको थियो ।
ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनका बारेमा गरेको भ्रामक ट्वीट डिलिट गर्न नमानेपछि ट्वीटरले उनका ट्वीटमा तथ्य–जाँच राख्न थालेको हो ।
….Twitter is completely stifling FREE SPEECH, and I, as President, will not allow it to happen!
— Donald J. Trump (@realDonaldTrump) May 26, 2020
ट्वीटरले तथ्य–जाँच राख्न थालेपछि ट्रम्प अति आक्रोशमा आएका छन् । उनले लगातार ट्वीट गरेर वाक स्वतन्त्रताको ट्वीटरले हनन् गरेको आरोप लगाएका छन् । उनले आफू राष्ट्रपतिका हैसियतमा वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने भन्दै ट्वीटरलाई नै चेतावनी दिएका छन् ।
उनले यो वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अब ट्वीटरले दखल दिन थालेको समेत गम्भीर आरोप लगाएका छन् ।