क्वारेन्टिनको व्यवस्थापनका जुटेका वडाध्यक्षको मृत्यु

कञ्चनपुर – क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको मंगलबार राति निधन भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

‘नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो’ नगरप्रमुख कर्णबहादुर हमालले भने, ‘राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उहाँको मृत्यु भएको छ ।’

वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने उनले बताए । मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षण पश्चात स्वाब सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्