सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

धनगढी – धनगढीको सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ।

कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनी मंगलबारमात्रै भारतबाट फर्किएपछि आईसोलेसनमा भर्ना भएका थिए। बुधबार बिहान ६ बजे उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उनको कोरोना परीक्षणका लागि स्वाव संकलन भइरहेको समेत सूचना अधिकारी श्रेष्ठले बताए।

जेष्ठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्