विश्व महिनावारी दिवस

मर्यादित महिनावारीका कुरा

मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस ( International Mensuration Hygiene Day)। ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा (Menstruation Talk, Dignity First)’ भन्ने नारामा रहेर यो वर्षको दिवस मनाईदै छ । अहिलेसम्म महिनावारीलाई स्वास्थ्य तथा सरसफाईकोआखाँबाटमात्रै बहस गरिदैँ आएको छ । जब हामीले महिनावारीलाई स्वास्थ्य र सरसफाईमा मात्रै सिमित नरहेर मानव अधिकारको आखाँबाट हेर्न सुरु गछौँ तब मात्रै महिनावारीलाई मर्यादित बनाउन सकिन्छ । जसमा योसँग जोडिएको आत्मसम्मान, स्वास्थ्य, सरसफाई, सशक्तीकरण लगायतका कुराहरु एकसाथ बहस गरिन्छ ।

महिनावारी हुनु र नछुने हुनुमा के फरक छ ? सामान्यतया, हामीलाई यसमा धेरै फरक लाग्दैन । हामीले सामान्य अर्थमा बुझ्ने भनेको  हरेक महिना महिलाको योनीबाट रगत बग्नु हो। एउटी बालिका किशोरी बन्नु हो । तर मेरो जिन्दगीमा ‘महिनावारी’ हुनु र  ‘नछुने’ हुनुको भोगाई धेरै समयसम्म अलग रह्यो ।

म कक्षा ६ मा पढ्दै थिए । मेरो दैनिकी स्कर्ट र सर्ट लगाएर हातमा पानीको बोतल बोकेर स्कूल जानु थियो । कुनै दिनको गोधुली साँझ थियो । दिदी र म घरको बरण्डामा बसेर पढ्दै थियौं । मलाई लगातार पिसाबले च्यापे जस्तो भयो । पटक–पटक शौचालय गएँ । तर पिसाब हुन सकेन । मलाई छटपटी भइरहेको थियो । दिदीले मेरो बेचैनी देख्नु भएछ । मलाई के भयो भनेर सोध्नु भयो ।

मैले आफ्नो कुरा सुनाए । दिदीले एउटा कागज दिएर शौचालय पठाउनु भयो । फर्केर आउँदा कागजमा कालो केही तरल पदार्थ जस्तो थियो । दिदीले मेरो हातमा देखेर आश्चर्यमान्दै भन्नु भयो, “लौ न ! कति चाँडै नछुने भएकी ?” मैले मेरो अगाडि अँध्यारो देखेँ । यतिबेला म ‘नछुने’ भएकी थिएँ ।

त्यसपछि मैलेकक्षा ८ मा पहिलो पल्ट महिनावारीको बारेमा पढेँ। मैले पढेको महिनावारी प्राकृतिक कुरा थियो । यो एउटा केटी भएर जन्मिँदा प्रकृतिले दिएकोआवश्यकता थियो। महिनावारीले मेरो शारीरिक परिवर्तनको कुरा गर्थ्यो । मेरो दुखाइको कुरा गर्थ्यो । मैले बगाउने रगतको कुरा गर्थ्यो । तर मैले आफू हरेक महिना ‘महिनावारी’ हुन्छु वा ‘नछुने’ हुन्छु छुट्याउन सकिन । किनकि घरमा कहिले मेरो पीडा र योसँग जोडिएर आउने आवश्यकताको बारेमा कुरा हुदैनथ्यो। बरु, धर्मका कुरा हुन्थे । छोएमा पाप लाग्ने कुरा हुन्थे । कतै मैले छोएर अछुत बनाएकी भन्ने कुरा हुन्थ्यो ।

म ‘महिनावारी’ र ‘नछुने’ बिचको यो राजनीतिमा धेरै वर्ष रुमल्लिई रहेँ । धेरै वर्षसम्म ‘नछुने’ मेरो लागि जिन्दगी थियो, भने ‘महिनावारी’ परीक्षामा अकं जोड्ने जानकारी। अहिले अनुभूति गर्छु, म नछुने हुनु भन्दा पहिला महिनावारी भएकी भए शारीरिक पीडा भन्दा धेरै मानसिक पीडा हुने थिएन होला !

मैले अध्ययनको लागि घर छोडे पछी प्रायः होस्टेल बसे। होस्टेलमा सधैँ केटीहरु मात्रै बसेका थियौं । कुनै कुराको रोकोतोक थिएन । नर्सिंगको पढाई र काम गर्दै गर्दा महिनावारी सामान्य प्रकिया हो भन्ने पूर्ण जानकारी थियो । तर पनि मेरो मनमा ‘पाप लाग्छ’ भन्ने डरले यति धेरै जरा गाडेको थियो किन त्यसलाई चिर्न नसकेर हरेक महिना ‘नछुने’ भईरहे।

पछी महिला स्वास्थ्यर अधिकारको क्षेत्रमा काम गर्दा समाजलाई नजिकबाट नियाल्ने मौका पाएँ । महिनावारीसँग सम्बन्धित अनुसन्धानको क्रममा मैले बैतडीको छाउपडी र कपिलवस्तुको मुस्लिम बस्तीमा बसेर महिनावारीको बारेमा अध्ययन गरे । यी दुवै ठाउँको धर्म, रितिरिवाज, सँस्कृति, सामाजिक रआर्थिक जन–जीवनलगायत धेरै कुरा फरक थिए तर नछुने हुनुको पीडा भने खासै फरक थिएन ।

यो सबैकुराको जड थियो, ‘पितृसतात्मक समाज’। जसले सूक्ष्म र संस्थागत तरिकाले धर्म र सँस्कृतिकोआडमा महिलाको शरीरमाथि नियन्त्रण, दमन र शोषण गरिरहेको छ।  समाजले महिनावारी हुने माथि यसरि प्रहार गरेको छ कि जुन कुरा उनीहरुलाई नै थाहा छैन ।उनीहरुले महिनावारी हुनुमा गर्व गर्नु पर्थ्यो किनकि यो हामी महिला हुनुको पहिचान हो ।

तर हामीलाई यसरी सिकाइएको छ कि एकातिर महिनावारी हुने कुरालाई पापसँग जोडिएको छ भने अर्कोतिर महिनावारी भएन उसको नारी हुनुको अस्तित्वमा प्रश्न गरेर अवहेलना गरिएको छ । यो केहि वर्ष देखि मेरो बुवा, दाई वा श्रीमानले गरेको होइन । सयौँ वर्ष देखि संस्थागत रुपमा विकास भएर आयो । जसको सिकार अहिले सबै भएका छौँ। आमा–बुवा, दाजु–भाई, दिदि–बहिनि, मेरो श्रीमान म लगायत यो समाजका सबै जना ।

मैले भोगेको समाजमा समस्या हामी नारी भित्र पनि छ । मेरो बुवालाई भन्दा समस्या मेरी आमालाई छ । शायद उहाँले मैले भन्दा सयौँ गुणा कठोर जिन्दगी जिउनु भएको थियो । तर, त्यो पीडाले उहाँहरुलाई बिद्रोह र परिवर्तनको चेतना भन्दा पनि दिमागमा अन्धविश्वासको जरो गाडिदियो । एउटा युग सकियो । परिवर्तन त आयो तर जति आउनुपर्ने थियो त्यति आउन सकेन ।

यो अध्ययनले मलाई हाम्रो समाजको ऐना देखायो । जुन मेरो जिन्दगीको लागि कोशेढुंगा बन्यो। यस पछी मैले ‘नछुने हुनु’ र ‘महिनावारी हुनु’ बिचको राजनीति बुझ्न थालें।  यहिँबाट म भित्रको नछुने हुनुको अन्धविश्वास हराएर गयो र म मासिक रुपमा ‘नछुने’ हुन बन्द गरेर ‘महिनावारी’ हुन सुरु गरेँ। त्यस पछी मैले महिनावारीको बेलामा मन्दिर, पुजा, भान्छा लगायत हरेक ठाउँमा जान थालेँ र मैले मभित्रको डर माथि विजय प्राप्त गरेँ।

मैले भोगेको समाजमा समस्या हामी नारी भित्र पनि छ । मेरो बुवालाई भन्दा समस्या मेरी आमालाई छ । शायद उहाँले मैले भन्दा सयौँ गुणा कठोर जिन्दगी जिउनु भएको थियो । तर, त्यो पीडाले उहाँहरुलाई बिद्रोह र परिवर्तनको चेतना भन्दा पनि दिमागमा अन्धविश्वासको जरो गाडिदियो । एउटा युग सकियो । परिवर्तन त आयो तर जति आउनुपर्ने थियो त्यति आउन सकेन ।

मैले स्वास्थ्य क्षेत्रमा काम गर्दा भेटेका धेरै महिला स्वास्थ्यकर्मीहरु महिनावारी र यसको वैज्ञानिक पक्षमा जानकार मात्रै होइन विज्ञ पनि हुनुहुन्छ । बिडम्वना उहाँहरु अहिले पनि महिनावारी बार्नु हुन्छ । अहिले पनि ऋषी पँचमीमा आफूले गरेको ‘पाप’सम्झेर आफूलाई शुद्ध गर्नु हुन्छ । मैले अनुभूति गरेको, जानकारी हुनु र जागरुक हुनु धेरै फरक कुरा हो ।

जानकार हुन विद्यालय वा किताबले सहयोग गर्ला तर जागरुकता सामाजिक मूल्य मान्यतासँग जोडिएको कुरा हो । जबसम्म मनमा जोडिएको अन्धविश्वास, पाप र डरसँग विजय पाउन सकिदैन तबसम्म जागरुक हुन सकिदैन ।

स्वास्थ्य क्षेत्रको नीतिगत तहमा धेरै पुरुषहरु हुनुहुन्छ । त्यसैले गर्दा पनि यो मुद्दा जसरी उठान हुनु पर्ने थियो त्यसरी उठान हुन सकेको छैन। नीतिगत तहमा पनि कुनै न कुनै रुपमा ‘नछुने’ हुनुको अवशेष अहिले पनि छ । जसले ‘महिनावारीलाई’ दवाइरहेको छ । अहिले यो महामारीको बेलामा नेपाल मात्रै होइन विश्व भरी नै अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य कर्मिहरू धेरै महिला हुनुहुन्छ।

तर उहाँहरुको महिनावारीसँग जोडिएको समस्याहरु न त चर्चा गरिएको छ न त यसलाई सहज बनाउन कुनै पहल गरिएको छ । अझअपांगता भएकाहरुको महिनावारी अहिलेसम्म बहसमा नै आएको छैन।हामीले उहाँहरुको  पीडा अहिलेसम्म अनुभूति पनि  गर्न सकेको छैनौ ।

महिनावारी र महिला स्वास्थको कुरालाई स्कुल शिक्षाबाटै अझ प्रभावकारी बनाउन आवश्यक छ । पछिल्लो समय लागूभएको ‘स्कुल नर्स’ यो समस्याको समाधानका लागि एउटा महत्वपूर्ण बाटो बन्न सक्छ। तर सबैभन्दा जटिल प्रश्न, विद्यार्थीलाई शिक्षा दिने नर्स वा गुरुआमा ‘नछुने’ हुन्छिन कि ‘महिनाबारी’ ? विद्यार्थीलाई शिक्षा दिने शिक्षकको मनस्थितिमा ‘महिनावारी’ छ वा ‘नछुने’ ?

अब हामीलेबोल्ने बेला आएको छ । छलफल हुन सकेन भने समाधान भेट्न सकिँदैन । यो मुद्दा महिलाको मात्रै होइन । समाजको हो, घरका बुवा आमाहरुको हो,  हाम्रा श्रीमान,दाजु–भाईहरुको पनि हो । महिनावारीसँग जोडिएको तथ्यलाई अग्रपंतिमा राखेर स्वास्थ्य,सरसफाई र मानव अधिकारलाईसँगै बहसमा ल्याउन सकियो भने मात्रै महिनावारीलाई मर्यादित बनाउन सकिन्छ । यो नै आजको आवश्यकता हो ।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्