लकडाउनको दुई महिनापछि आयो सुनचाँदीको भाउ, बुधबार सुन प्रतितोला ७३ हजार ८ सय

सांकेतिक तस्बिर

काठमाडौँ-नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदीको दैनिक दरभाउ प्रकाशन गरेको छ। महासंघले बुधबारदेखि सुनचाँदीको मूल्य प्रकाशन सुरु गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो।

आभूषण महासंघका आनुसार सुनको मूल्य बुधबार तोलाको ७३ हजार ८ सय रुपैयाँ रहेको छ भने चाँदीको मूल्य तोलाको ७ सय ६३ रुपैयाँ रहेको छ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउ निकै फरक भइसकेको र विभिन्न संचारमाध्यममा पूरानै भाउ देखाएकाले उपभोक्तामा अन्यौला सिर्जना भएको महासंघले जनाएको छ।

उपभोक्ताहरुलाई सूचना प्रदान गर्ने उद्देश्यले आभूषण महासंघले जेठ १२ गते बसेको कार्य समिति बैठकले अन्र्तराष्ट्रिय बजार मूल्यलाई आधार लिइ सुनचाँदीको मूल्य कायम गरी प्रकाशित गर्ने निर्णय गरेको हो।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले भने दरभाउ प्रकाशित नगरेको विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ।
सरकारले कोरोना महामारीको संक्रमण रोकथामका लागि गत चैत ११ गतेदेखि लक डाउन गरेसँगै सुनचाँदी व्यवसायी महासंघ र आपभूषण महासंघको कारोबार बन्द भएको थियो।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्