सिरहाका प्रहरी उपरीक्षकको सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम-सिरहामा दुईजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्वेदीका सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिएका छन्।

सप्तरीको रुपणी गाउँपालिकाका ३५ वर्षीय पुरुष र ओखलढुंगाका ३९ वर्षीय पुरुष हाल सिरहामा काम गर्दै आएका थिए। संक्रमण पुष्टि भएका दुवैजना प्रहरी कर्मचारीलाई प्रहरी कै आइसोलेशनमा राखिएको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए।

जेष्ठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू