देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टिनमाः स्वास्थ्य मन्त्रालय

फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० वटा परीक्षण भएको जनाएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ५८ हजार २ सय ७७ र आरडीटीबाट १ लाख २ सय ८७ वटा परीक्षण भएको जानकारी दिए।

डा.देवकोटाका अनुसार हाल देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टिनमा रहेका छन्।

डा.देवकोटाका अनुसार हाल आइसोलेसनमा ६९९ जना रहेका छन्।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्