सिटी एक्सप्रेसस र हङकङको केएमई रेमिट्यान्सबीच कारोबार सुरु

काठमाडौँ–हङकङको केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका हुन्।

एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको हो।

हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने ब्यबस्था गरिएको कम्पनीले जनाएको छ।

जेष्ठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्