जर्मन बुण्डेसलिगाः आरबी लेइप्जिगले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आरबी लेइप्जिगले दोस्रो स्थानमा उक्लिने मौक गुमाएको छ ।

घरेलु मैदानमा भएको खेलमा लेइप्जिग हेर्था बर्लिनसँग बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट एक–एक गोल भयो । यस्तै दोस्रो हाफमा पनि थप एक–एक गोल भयो ।

क्लोस्टेर्म्यान र स्कीकले गोल गरे । यस्तै हेर्थाका लागि ग्रजिक र पिएतेकले गोल गरे । हाल्स्टेन्बर्ग दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि आरबी लेप्जिग १० खेलाडीमा सीमित भयो ।

बराबरीपछि आरबी २८ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा दुई अंकले पछि रहेको छ ।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्