प्रदेश २ मा थप ७४ जनामा संक्रमण पुष्टि

जनकपुरधाम – प्रदेश २ मा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ४०० पुगेको छ ।

प्रदेश २ मा बिहीबार ७४ जना कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ प्रशासकीय अधिकृत तथा सूचना अधिकारी विजय झाले जानकारी दिएका छन् ।

बिहीबार पुष्टि हुनेमा सबैभन्दा बढी धनुषामा २९ जना, महोतरीमा १७ जना, सप्तरीमा १२ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको झाले बताए । यसभन्दा पहिले बुधबारमात्र प्रदेश २ मा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू