गीतकार रत्नशम्शेर थापा रहेनन्

काठमाडौँ– गीतकार रत्नशम्शेर थापाको बिहीबार निधन भएको छ।

उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो।

उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चित छन्।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्