आधुनिक नेपाली गीतका प्रणेतालाई हार्दिक श्रद्धाञ्जलि!

नारायणगोपालको अधिकांश गीत रत्नशम्शेर थापाले नै लेखेका थिए

रत्नशमशेर थापा।

नेपाली आधुनिक गायनका प्रसिद्ध नाम नारायणगोपालको गायनयात्रा नै रत्नशमशेर थापाको गीतबाट सुरु भएको हो। नारायणगोपालले गाएको पहिलो गीत ‘स्वर्गकी रानी मायाकी खानी.. ‘ रत्नदाइले नै लेख्नुभएको हो।

आधुनिक नेपाली गीत लेखनको जग नै उहाँले बसाउनुभएको हो। नारायणगोपालको गायन यात्रालाई उहाँको शब्दले धेरै अगाडि बढायो। रत्नदाइ आधुनिक नेपाली गीतको प्रणेता नै हो।

आधुनिक नेपाली गीतको यात्रा नारायण गोपालबाटै सुरु भएको हो। र, रत्नदाइ नै नारायण गोपालको पहिलो गीतकार हुनुहुन्थ्यो। नारायणगोपालको पहिलो एल्बमका सबै सिर्जनाहरु उहाँकै हुन्।

नेपाली संगीतमा क्वाएर र क्यान्टाटा अम्बर गुरुङले सुरु गर्नुभएको हो। क्वाएर र क्यान्टाटा अलि अप्ठ्यारो खालको संगीत मानिन्छ। त्यो संगीत सुनेर त्यसमा शब्द भर्नसक्ने अद्‌भूत क्षमता उहाँमा थियो।

उहाँ गाउनु पनि हुन्थ्यो।  गाएरै पनि धुन भर्नुहुन्थ्यो। रिदमको बारेमा उहाँलाई धेरै ज्ञान थियो। उहाँको गीतिलेखन रिदमिक हुन्थ्यो। लयात्मकतामा उहाँ सिपालु हुनुहुन्थ्यो।

तालमा बस्न रुचाउनुहुन्थ्यो। उहाँले नेपाली गीतयात्रामा विशेष खालको जग बसाउनुभयो।

अम्बर गुरुङले एकपटक उहाँलाई भन्नुभएको थियो- नेपाली गीतलेखनमा शब्दको पेन्टिङ गर्नसक्ने अद्‌भूत क्षमता रत्नशमशेर थापामा छ।

अम्बर गुरुङले एकपटक उहाँलाई भन्नुभएको थियो- नेपाली गीतलेखनमा शब्दको पेन्टिङ गर्नसक्ने अद्‌भूत क्षमता रत्नशमशेर थापामा छ।

आभास।

 

 

उहाँ उच्चकोटीको गीतकार हुनुहुन्थ्यो। नारायणगोपालका अधिकांश गीतहरु उहाँले नै लेख्नुभएको छ। प्रेमध्वज प्रधानले गाएका धेरै गीतहरु उहाँले लेख्नुभयो। अम्बर गुरुङसँग त उहाँको ट्युनिङ धेरै मिल्थ्यो। उहाँका धेरै संगीतमा रत्नदाइले शब्द दिनुभएको छ।

मेरो उहाँसँग राम्रो संगत थियो। मैले चलाउने पलेँटी श्रृंखलामा पनि उहाँ आइरहनुहुन्थ्यो, कहिले सर्जकका रुपमा, कहिले दर्शकका रुपमा।

लकडाउनअघि म नियमित रुपमा उहाँको कमलपोखरीस्थित घर जाने गर्थेँ। बिरामी भएर हस्पिटल गइरहनुहुन्थ्यो। टिचिङमा राखेको थियो।

उहाँकी श्रीमती र दुईजना छोरा हुनुहुन्छ।

उहाँको बिहीबार निधन भएको मैलै पत्याउनै पनि सकिरहेको छैन। उहाँलाई हार्दिक श्रद्धाञ्जलि!

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्