रुकुम पश्चिम घटनामा संलग्‍नलाई कारबाहीको माग गर्दै लमहीमा प्रदर्शन

दाङ–रुकुम पश्चिममा भएको घटनाको सत्य तथ्य छानविन गर्न माग गर्दै दाङको लमहीमा प्रदर्शन गरिएकोब छ।

‘मान्छे मार्न पाइदैन, जातियताको विभेद अन्त्य गरौं, हत्यारालाई आजिवन कैद होस, पिडित पक्षले न्याय पाउनै पर्छ, रगत सबैको रातो हुन्छ’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो।

अधिकारकर्मी सोनालि पुन मगरको नेतृत्वमा रहेको समुहले बसपार्क नजिक सार्वजनि स्थानमा प्रदर्शन गरेको हो।

रुकुम पश्चिममा अन्तरजातीय प्रेमलाई लिएर भएको घटनामा संलग्न दोषीलाई कारबाही गर्न देशभर प्रदर्शन सुरु भएको छ।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्