गीतकार रत्नशमशेर थापाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसिद्ध गीतकार रत्नशमशेर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीट गरेर गीतकार थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

‘प्रसिद्ध गीतका रत्नशमशेर थापाको निधनले मलाई दुःख लागेको छ। दिवंगत गीतकार थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्।

गीतकार थापाको बिहीबार ८३ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्