झापामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण, पछिल्ला सबै संक्रमित कचनकवलका

झापा- बिहीबार झापाका थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो पटक पुष्टि भएका संक्रमितहरु सबै कचनकवल गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

अहिलेसम्म ७३ जना संक्रमित कचनकवलका छन्। झापामा संक्रमितको संख्या ७९ पुगेको छ।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू