रुकुम घटनाको विरोधमा अधिकारकर्मी राजधानीका सडकमा (तस्विरहरु)

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौं – रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण कम्तीमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको विरोधमा राजधानीमा निरन्तर विरोध प्रदर्शनहरु भइरहेका छन्।

दलित अधिकारकर्मीसहितले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शनहरु गरिरहेका छन्। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा पाँच जनाको शव भेरी नदिमा भेटिएको छ। अझै एक जना बेपत्ता छन्।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर शनिबार साँझ सोती पुगेका थिए।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दाबी छ।

नवराजको शव सोही दिन राति १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनि भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदी किनारमा भेटिएको थियो।

अर्का एक युवकको शव सोमबार भेरी नदीमै भेटिएको थियो। बुधबार र बिहीबार थप एक एक शव भेटिएका छन्। प्रहरीले यो घटनामा हालसम्म १८ जनालाई पक्राउ गरेको छ।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू