बजेटका दिन सुनसान संसद भवन (फोटो फिचर)

तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ– सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा पेश गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले सरकारका तर्फबाट सदनमा बजेट पेश गरेका हुन्।

महामारीको रुपमा फैलिएकाे कोरोना भाइरसको असर संसद भवन परिसरमा पनि देखिएको छ। यसअघिका वर्षहरुमा बजेट भाषणको समयमा खचाखच हुने संसद भवन परिसर यसपटक भने सुनसान देखिएको छ।

सांसदहरु उच्च सावधानीका साथ संसद भवनमा उपस्थित भएका छन्। उनीहरुमध्ये अधिकांशले मास्क लगायका छन्।

यसअघि सांसदहरुमा कोरोनाको संक्रमण भए नभएको यकिन गर्न बजेट अघिवेशन सुरु हुनुअघि सबै सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्