कोरोना भाइरसको संक्रमण, गणना र फैलावट

कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट शुरु भएर त्यसले विश्वव्यापी महामारीको रुप लिँदै गर्दा यसबारे प्रकाशित तथ्याङ्कलाई सामान्यरुपमा पछ्याइ रहेँ। शुरुका दुई महिना जनवरी र फेब्रुअरीको अन्तिमसम्म संक्रमितको संख्या १ लाखभन्दा कम थियो र मृत्यु हुनेहरुको संख्या पनि ३ हजारभन्दा कमै थियो । त्यसपछि यसको गति बढ्यो विश्वका धेरै देशमा फैलिन थाल्यो र विश्वका सबै मुलुकहरुमा यो कोरोना भाइरस पुगिसकेका छन् । उत्तर कोरियाले यो भाइरसबारे हालसम्म खुलासा गरेको छैन । यो लेख तयार गर्दासम्म संक्रमितको संख्या विश्वभरमा गरी ५७ लाख ९० हजार र मृत्यु हुनेहरुको संख्या ३ लाख ५७ हजार नाघिसकेका छन् भने निको हुनेहरुकोे संख्या करीब २५ लाख पुग्न लागेको छ । यसपछि (यस लेखमा कतै उल्लेख भएको बाहेक) तलको विवरण र विश्लेषण २० मे सम्मको वल्र्डओमिटर्सडटइन्फोमा दिइएको तथ्याङ्कमा आधारित छ ।

कुनै पनि तथ्याङ्कको विश्लेषण गर्दा त्यसको साइज महत्वपूर्ण हुन्छ । त्यसैले एउटा निश्चित संख्यालाई मैले प्रस्थान बिन्दुको रुपमा लिएँ । जब संक्रमितको संख्या १० लाख पुग्यो तब यो संख्या पुग्न कति दिन लाग्यो भन्ने हेरेँ । त्यो आधिकारकिरुपमा चीनको वुहानमा रिपोर्ट गरेको पहिलो दिन सन् २०१९ डिसेम्बर ३१ का दिनबाट गन्दा ९५ औं दिन अर्थात सन् २०२० अप्रिल २ मा पुगेको थियो । त्यसपछि अर्को १० लाख कति दिनमा पुग्छ भन्ने भयो । पहिलो १० लाख पुग्न ९५ दिन लागेको थियो भने दोस्रो दश लाख पुग्न १२ दिन लाग्यो । संयोग नै भनौं प्रत्येक १२ दिनमा १० लाखको हाराहारीमा संक्रमितको संख्या थपिँदै गयो ।

माथिको तालिकाले संक्रमितको संख्या बढ्ने क्रम लगभग एउटै रफ्तारमा जारी रहेको देखाएको छ । संक्रमणमा कमी आएको छैन ।बरु पछिल्लो आँकडाले केही बढेको देखिन्छ । मे २१ देखि २७ सम्म (७ दिन) मै थप ७ लाख पुगिसकेको छ (तालिकामा देखाइएको छैन) । यो भनेको संक्रमित संख्याको दर बढिरहेको भन्ने नै हो । यो स्वभाविकै हो । परीक्षण बढेपछि कोरोना भाइरस पोजिटिभ पनि बढी देखिन्छ । तथापि यसले देखाउने भनेको संक्रमितको संख्या, यसको फैलावट र संक्रमणको स्थिति नै हो । कोहीव्यक्ति संक्रमित भएपछि एउटा अवधिसम्म मात्र त्यो व्यक्तिमा संक्रमण देखिन्छ । कसैमा अलि लामो अवधि त कसैमा अलि छोटो अवधिसम्म संक्रमण रहन्छ । यो अर्थमा जति परीक्षणहरु थपिँदै गए र संक्रमित भेट्टाउँदै गए त्यो भनेको नयाँ संक्रमण बढ्दै गएको भन्ने नै हो । त्यसैले परीक्षण बढी भएकोले मात्र संक्रमितको संख्या बढी देखिएको भन्ने होइन । योचाहिँ हो कि यदि परीक्षण नै नभएको भए संक्रमितको संख्या बढ्दैनथ्यो, संक्रमणको स्थिति थाहा हुन्नथ्यो । रोगको लक्षण र बिरामीको संख्याको भरमा आंकलन गर्नुपर्थ्यो।

मृत्यु हनेहरुको संख्याचाहिँ तेस्रो र चौथो (पछिल्लो) अवधिमा उल्लेख्य घटेको छ । पहिलो र दोस्रो १२ दिनको अवधिमा ७७ हजार रहेको संख्या तेस्रोमा करीब ६६ हजार हुँदै चौथो अवभिमा ५३ हजारमा झर्‍यो। यो राम्रो संकेत हो । त्यस्तै निको हुनेहरुको संख्या पनि क्रमशः बढेको छ । तथापि यो संख्या कुल संक्रमितको ३८ प्रतिशत मात्रहो । मे २१ देखि यता ७ दिनको आँकडा हेर्दा मृत्यु हुनेहरुको संख्या लगभग २८ हजार मात्र पुगेको छ र निको हुनेहरु ४ लाख ७२ हजार पुगिसकेको छ (तालिकामा देखाइएको छैन) ।यो भनेको मृत्यु हुनेहरुको संख्या उल्लेख्य कम हुँदै गएको र निको हुनेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखाउँछ ।

गएको तीन हप्ताभित्र करीब १० गुणाले संक्रमितको संख्या बढ्नुले राम्रो संकेत पक्कै पनि दिइरहेको छैन ।अब भारतबाट नेपाल फकर्नेहरुको बढ्दो संख्यासँगसँगै संक्रमितहरुको संख्यामा उल्लेख्य वृद्धि हुने संभावना अधिक छ ।

महादेशको आधारमा हिसाब गर्दा उत्तर अमेरिका र युरोप कोरानो भाइरसबाट सबैभन्दा बढी आक्रान्त छन् । उत्तर अमेरिकाको कुल जनसंख्याको झण्डै ०.३ प्रतिशत संक्रमित पाइए भने ०.०१८ प्रतिशतको मृत्यु भयो । त्यस्तै युरोपको कुल जनसंख्याको ०.२४ प्रतिशत संक्रमित भए भने ०.०२ प्रतिशतको मृत्यु भयो ।त्यसपछि दक्षिण अमेरिका र ओसियानिया छन् । दक्षिण अमेरिकामा यो पैmलँदो अवस्थामा छ भने ओसियानियामा लगभग नियन्त्रणमा आइसकेको छ । आंकडाअनुसार एसियाको चीनबाट यो कोराना भाइरस शुरु भएको भए पनि अफ्रिकापछि सबैभन्दा कम एशियामै छ । तर कुनै पनि बेला यी महादेशमा फैलिन सक्छ । भारतमा हाल बढिरहेको संक्रमित र मृतकको संख्याले त्यही संकेत गर्दछ । यदि खोप र कुनै औषधिको उपलब्ध नभइसकेको अवस्थामा यो भाइरस एसिया र अफ्रिकामा अनियन्त्रितरुपमा फैलियो भने भयावह अवस्थाको सिर्जना हुनेछ र त्यो कल्पनाभन्दा बाहिर जानसक्छ ।

यसपछिका आँकडा २७ मे सम्मका हुन् । कोरोना भाइरसबाट आक्रान्त मुलुकहरुमा सबैभन्दा संक्रमित संख्या(कम्तीमा६ अंक पुगेका) को हिसाबले क्रमशः अमेरिका (१७,४५,८०३), ब्राजिल (४,१४,६६१), रुस (३,७०,६८०), स्पेन (२,८३,८४९), बेलायत (२,६७,२४०), इटाली (२,३१,१३९), फ्रान्स (१,८२,९१३), जर्मनी (१,८१,८९५), टर्की (१,५९,७९७), भारत (१,५८,०८६), इरान (१,४१,५९१), र पेरु (१,३५,९०५) छन् । तीमध्ये स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्कीमा संक्रमितको दैनिक वृद्धि संख्या उल्लेख्य घटेको छ भने बेलायतमा कम हुँदै गएको छ । ब्राजिल, रुस, भारत र पेरुमा संक्रमितको संख्या बढ्न थालेको छ ।अमेरिका र इरानमा वृद्धि संख्या मध्यम छ ।

त्यस्तै बढी संख्यामा मृत्यु भएका (कम्तीमा ५ अंक पुगेका) मुलुकहरुमा क्रमशः अमेरिका (१,०२,१०७), बेलायत (३७,४६०), इटाली (३३,०७२), फ्रान्स (२८,५९६), स्पेन (२७,११८), र ब्राजिल (२५,६९७) रहेका छन् । तीमध्ये इटाली, फ्रान्स र स्पेनमा मृत्यु हुनेहरुको दैनिक संख्यामा उल्लेख्य कमी आइसकेको छ भने बेलायतमा केही कमी आएको छ । पछिल्लो पटक अमेरिकाको दैनिक मृत्यु संख्यामा पनि कमी आएको भएता पनि फेरिबढेको छ । झण्डै डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको कोरोना भाइरसबाट अमेरिकामा १ लाखदेखि २ लाख ४० हजार मानिसहरुको मृत्यु हुने पूर्वअनुमान मिल्न आएको छ ।

सबैभन्दा बढी निको भएर घर फर्किसकेकाहरु (६ अंक पुगेका) मा क्रमशः अमेरिका (४,९०,१३०), स्पेन (१,९६,९५८), ब्राजिल (१,६६,६४७),जर्मनी (१,६२,८००), इटाली (१,४७,१०१), टर्की (१,२२,७९३), रुस (१,४२,२०८) र इरान (१,११,१७६) छन् ।

माथि प्रस्तुत गरिएका आंकडाहरु र अन्य केही त्यसभित्रका विस्तृत बेहोरा जुन यस लेखमा उल्लेख गर्न भ्याइएका छैनन् तिनले के देखाउँछ भने शुरुमा कोरोना भाइरसले ग्रसित चीन र पछि गएर कोरानाग्रस्त केही युरोपेली मुलुकहरु र उत्तर अमेरिका (खासगरी संयुक्त राज्य अमेरिका) मा प्रकोप क्रमशः कम हुँदै गइरहेको छ । तथापियरोपमा बेलारुस र स्वीडेन; उत्तर अमेरिकामा मेक्सिको, क्यानाडा र डोमिनिकन रिपब्लिक; दक्षिण अमेरिकामाचिली,कोलम्बिया, इक्वाडोर,अजेन्टिना र बोलिभिया; र एसियामासाउदी अरेबिया, पाकिस्तान, कतार, बंगलादेश, युएइ, कुबेत, इन्डोनेसिया,सिंगापुर,अफगानिस्तान, फिलिपिन्स, आर्मेनिया, कजाक्स्तान, इराक आदिर अफ्रिकामा दक्षिण अफ्रिका, इजिप्त, नाइजेरिया, क्यामेरुन, जिबुटीआदिमा कोरोना भाइरस फैलिंदो छ । ओसियानियाका मुलुकहरुमा लगभग नियन्त्रणमा आइसकेको छ ।

अन्त्यमा, नेपालको अहिलेको स्थिति कोरोना भाइरस फैलिसकेको अवस्था हो । यो लेख तयार गर्दा (जेठ १५ बिहान) सम्म संक्रमितको संख्या ९७७ जना पुगिसकेको छ र १८३ जना निको भएर फर्किसकेका छन् । दुर्भाग्य नै भन्नुपर्छ ५ जनाको दुखद् मृत्यु भइसक्यो । गएको तीन हप्ताभित्र करीब१०गुणाले संक्रमितको संख्या बढ्नुले राम्रो संकेत पक्कै पनि दिइरहेको छैन ।अब भारतबाट नेपाल फकर्नेहरुको बढ्दो संख्यासँगसँगै संक्रमितहरुको संख्यामा उल्लेख्य वृद्धि हुने संभावना अधिक छ ।सरकारले पहिला १ हजार ५ सयसम्म नेपालमा संक्रमितको संख्या पुग्न सक्ने पूर्वअनमान गरेकोे र त्यहीअनुसार तयारीमा रहेको भनियो । अहिले सरकारले त्यो संख्या ५ हजार पुग्ने अनमान गरेको छ र सोहीअनुसार तयारी थालेको जानकारी दिएको छ । गएको मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी अझै फैलिन सक्ने बताउनु भयो भने लकडाउनको मोडेल फेरिन सक्ने पनि संकेत गर्नुभयो । त्यो भनेको लकडाउन खुकुलो गर्ने नै हो र त्यसको विकल्प पनि छैन । लकडाउन खुकुलो भएपछि हामी नेपालीको बानी न हो, सतर्कता अपनाउनु पर्ने कुराहरुको खासै ध्यान रहने छैन । त्यसले कोरोना भाइरस फैलाउँछ नै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेज्मेन्ट सेन्टरले आगामी २ महिना संक्रमितको संख्या बढेर जाने पूर्वानुमान गरेको छ । त्यसअनुसार र अहिलेको वृद्धिदरले प्रक्षेपण गरिएको संक्रमितको संख्या ५ हजारभन्दा धेरै बढी हुने संभावना प्रवल छ ।

भारत अहिले विश्वकै सबैभन्दा बढी संक्रमितहरुको संख्याको आधारमा दशौं स्थानमा पुगिसकेको छ । दैनिक बढिरहेको संक्रमितको संख्याको हिसाबले अझै माथि उक्लिले संभावना धेरै छ । त्यसको सिधै असर पर्ने भनेकै नेपाललाई हो । त्यसैले गएको मंगलबार प्रधानमन्त्रीले क्वारन्टीनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गर्ने भन्नुभयो । अबकोउपाय भनेको नेपाल भित्रिनेहरुकोराम्रो व्यवस्थापन गर्ने नै हो । त्यसको लागि सबै नाकाहरुमा सैनिक तथा सुरक्षाकर्मी परिचालित उच्च मानवीय मूल्य मान्यतासहितको कोभिड–१९ व्यवस्थापन केन्द्रहरुको स्थापना गरी कोरोनालाई सीमामै रोक्ने हो ।यही व्यवस्थादेशभित्रसंक्रमित ठाउँ विशेषमा पनि आवश्यक पर्नेछ । नेपालीलाई बलजफ्टी सीमापारी रोक्ने होइन । अहिले जुन किसिमले संक्रमितको संख्या अनियन्त्रितरुपमा बढ्न गयो र गइरहेको छ त्यसका प्रमुख कारणहरु आफ्नै नागरिकलाई सीमापारी बलजफ्ती रोक्नु र भएका व्यवस्थापन केन्द्रहरु (क्वारन्टीन र आइसोलेसन) मा न्यूनतम मानवीय व्यवस्था गर्न नसक्नु नै हुन् । जनमैत्री व्यवस्था भयो भने २ हप्ता क्वारन्टीनमा र १ महिना आइसोलेसनमा बस्नबाट कोही पनि भाग्दैनन् । र नभाग्न जनचेतना बढाउने र सम्झाइबुझाइ गर्ने काम पनि उत्तिकै आवश्यक छ । सेना र सुरक्षाकर्मीले पुगेन वा भ्याएन भने सबै पार्टीका पूर्णकालिन नेता र कार्यकर्ताहरुलाई खटाउनुपर्‍यो।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्