साना तथा लघुउद्यमीलाई आयकरमा छुट

काठमाडौँ– सरकारले साना व्यवसायीलाई आगामी बजेटमा राहत प्याकेज ल्याएको छ।

संसदमा बिहीबार बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई माथि उकास्न साना व्यवसायीहरुका लागि राहत प्याकेज ल्याएको जानकारी दिए।

उनले लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्