रौतहटमा क्वारेन्टाइन विवादमा प्रहरीद्वारा हवाइ फायर

रौतहट- भारतबाट आएकाहरुलाई रौतहटको कटहरीमा राख्‍न खोज्दा स्थानीयहरु आक्रोशित भएपछि प्रहरीले हवाइ फायर गर्नु परेको छ।

प्रहरीले स्थानीयहरुलाई शान्त बनाउन चार चाउण्ड हवाइ फायर गरेको प्रदेश-२ का प्रमुख धिरज प्रताप सिंहले जानकारी दिएका छन्।

कोरोनाको संक्रमति नेपालीहरु भारतबाट आउनेक्रम दिनप्रतिदिन बढ्दै गएको छ भने सीमाबाट सोझै आएर अरु जिल्लाको क्वारेन्टाइनमा बसाउन खोजेको भन्‍दै स्थानीयहरुले विरोध गर्दै आएका छन्।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू