८४ डीएसपीको सरुवा : राजधानीका वृत प्रमुखहरु फेरिए, केही जिल्लामा नेतृत्व परिवर्तन

काठमाडौं – प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ ८४ जना प्रहरी नायब उपरिक्षक-डीएसपीको सरुवा गरेको छ। राजधानीका धेरै वृतका प्रमुखहरु फेरिएका छन् भने केही जिल्लाको नेतृत्व पनि फेरिएको छ।

महानगरीय प्रहरी वृत महाराजगन्जमा रोशन खड्का, स्वयम्भुमा निरन्जन भट्ट, गौशालामा जितेन्द्र बस्नेत, बानेश्वरमा दक्षकुमार बस्नेत, ठिमीमा रिसिराम कँडेल, कीर्तिपुरमा रुकेश तण्डुकार, कमलपोखरीमा खुमलाल भुसालको सरुवा भएको छ। काज सरुवा मिलाएका सिंहदरबारका हरि बस्नेत, बौद्धका नवराज कार्की र लैनचोरका दीपक खड्काको सोही ठाउँमा दरबन्दी बनाइएको छ।

भोजपुरमा कृष्ण चन्द, लमजुङमा गंगाबहादुर थापा, सोलुखुम्बुमा टेकुनन्द इवा साँवा, खोटाङमा नारायण चिमोरिया, मुस्ताङमा नविनकृष्ण भण्डारी, संखुवासभामा नवराज मल्ल, दार्चुलामा पदमबहादुर विष्ट, ताप्लेजुङमा महेन्द्रकुमार श्रेष्ठ, अर्घाखाँचीमा माधवप्रसाद बुढाथोकी र हुम्लामा सुर्यप्रकाश सुवेदी जिल्ला प्रमुखका रुपमा पुगेका छन्। यीमध्ये केही यसअघि नै काज सरुवा मिलाएर त्यहाँ पुगेका थिए।

यसैगरि केही इलाका प्रहरी कार्यालयका प्रमुख पनि फेरिएका छन्। धरानमा ज्ञानेन्द्रबहादुर बस्नेत, बुटवलमा प्रतितसिंह राठौर, स्याङ्जाको चापाकोटमा विष्णुहरी कोइराला, कैलालीको टिकापुरमा मधुसुदन न्यौपाने, बर्दियाको राजापुरमा मिनबहादुर घले, झापाको काँकडभिट्टामा राजेन्द्र पोखरेल, पूर्वि नवलपरासीको नवलपुरमा राजेन्द्रबाबु रेग्मी र दाङको तुल्सीपुरमा शिवबहादुर सिंहको सरुवा भएको छ।

यीमध्ये केहीले यसअघि नै त्यहाँ काज सरुवा मिलाएर नेतृत्व सम्हालिसकेका छन्।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू