जनकपुरधाममा थप एकजना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम-जनकपुरधाममा थप एकजना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

धनुषामा आज विहान २९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एकजना सञ्चारकर्मी रहेको खुलेको छ।संक्रमित सञ्चारकर्मी जनकपुरधामको स्थानिय टिभीमा कार्यरत्त रहेका छन्।

२१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टिभएकोमा संक्रमित सञ्चाकर्मी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेको छन्।

योसँगै जनपकुरधाममा दुई जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा एकजना कोरोना संक्रमित पत्रकार आज उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएकोमा उनी आपुर्ति विभागमा कार्यरत रहेकी छिन् ।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्