संक्रमण बढेपछि दक्षिण कोरियाका विद्यालयहरु फेरि बन्द

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि खुलेका विद्यालयहरु फेरि बन्द गरिएका छन् । संक्रमण नियन्त्रणमा आउन लागेपछि केही दिनअघि दक्षिण कोरियाका विद्यालयहरु खुला गरिएका थिए ।

तर फेरि संक्रमण बढ्ने क्रम देखिएपछि २५० भन्दा बढी विद्यालयहरु पुनः बन्द गरिएका हुन् । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ५६ जनामाकोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

एक दिनअघि अर्थात बुधबार पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै ७९ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनमा जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण देखिएकाले चासो बढेको हो।

अधिकांश संक्रमितको सम्बन्ध सिओलको पश्चिममा रहेको एक वितरण केन्द्रसँग जोडिएको छ । संक्रमण देखिन थालेपछि बुचेओन क्षेत्रका २५१ विद्यालय पुनः बन्द भएका हुन् ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू