अबेर राति कीर्तिपुरको सडकमा निस्केको चितुवालाई गाउँलेले नियन्त्रणमा लिए

अबेर राति कीर्तिपुरको सडकमा निस्केको चितुवालाई गाउँलेले नियन्त्रणमा लिए

सबै तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – कीर्तिपुरमा गाउँ पसेको एक चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । राति १० बजेतिर गाउँमा पसेको उक्त चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर चिडियाखानालाई खबर गरेका थिए ।

गाउँलेले नियन्त्रणमा लिएको चितुवालाई अहिले उद्धार गरेर जाउलाखेलस्थित चिडियाखानामा ल्याइएको छ। गाउँलेहरुले तारले बानेर राखेको चितुवालाई बेहोस पारी उद्धार गरेर चिडियाखानामा ल्याइएको हो ।

अन्दाजी १० वर्ष जतिको उक्त भाले चितुवालाई अब पर्सा वन्यजन्तु आरक्षमा लगेर छोडिने चिडियाखानाका भेटेरेनरी डा. राधाकृष्ण घर्तीले जानकारी दिए । उनका अनुसार चिडियाखानामा दुइवटा भाले र पोथी चितुवा छन् । जुन यस्तै उद्धार गरेर ल्याइएको हो । पोथी भएको भए राख्न सकिन्थ्यो तर दुइवटा भाले एकैठाउँमा राख्न नमिल्ने उनले बताए ।

‘एउटा बयस्क चितुवाले दिनमा तिन किलोभन्दा बढी मासु खान्छ । त्यो भनेको दैनिक हजार रुपैयाँ भन्दाबढी हो । यो समयमा हामीले खाना पुर्‍याउन पनि सक्दैनौँ’, उनले भने ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू