चौरजहारी हत्याकाण्डको विरोधमा माइतीघरमा प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ – रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

दलित पत्रकार संघ लगायतका संघसंस्थाको आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले पाँच जनाको हत्या र एक जना बेपत्ता पारिएको उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

गत शनिबार राति जाजरकोटाका नवराज विश्वकर्मा प्रेमिकालाई भगाउन भन्दै चौरजहारी पुग्दा गाउँलेहरुले आक्रमण गरेका थिए । उक्त आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

घटना जातीय विभेदका कारण भएको दाबीसहित दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको हो ।

रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालले जनाएको छ ।

रकुममा भएको अमानविय घटना लगायत देशभरी दलित समूदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौँमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ ।

संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए । यति ठूलो घटना हुँदा पनि राज्य अध्यारोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उनले बताए ।

जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारवाही गरी कम्तीमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन देशभरी विरोधका कार्यक्रम गरिएको उनले बताए ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू