भोकले मृत्यु भएका परिवारलाई नगरपालिकाले राहत स्वरुप दियो एक लाख

जनकपुरधाम-भोकको कारण मृत्यु भएपछि नगरपालिकाले राहत स्वरूप मृतक परिवारलाई एक लाख रुपैया राहत उपलब्ध गराएको छ।

धनुषा जिल्लाको शहिदनगर नगरपालिकाले आफ्नो नगरपालिकाका एकजनाको भोकको कारण भारत बाट नेपाल आउने क्रममा मृत्यु भएपछि राहत स्वरूप एक लाख रुपैया राहत उपलब्ध गराएको छ।

बुधबार भारतको गुजरातबाट घर फर्कने क्रममा नेपाल-भारतको सिमानाको जटही नाकामा भोकको कारण मृत्यु भएको थियो।

धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३२ वर्षीय बिरेन्द्र कुमार गुरमैता यादवको मृत्यु भएपछि भारतको विभिन्न स्थानबाट आएका नेपालीहरु आक्रोशित भएर प्रदर्शन गरेका थिए।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्